Sneha - Udirahana Man Lagyo - उडिरहन मन लाग्यो - New Nepali Pop Rock Song
Sneha Sneha
7.6K subscribers
1,419 views
30

 Published On May 17, 2024

Sneha - Udirahana Man Lagyo - उडिरहन मन लाग्यो - New Nepali Pop Rock Song

Lyrics:
टाढा-टाढा जान मन लाग्यो
यो भीडबाट धेरै टाढा
एकान्तमा जान मन लाग्यो
यो भीडबाट धेरै टाढा

पहाडको चुचुरोमा गएर
हावाको सितल तापूँ के
खोलाको किनारमा गएर
एकलै टोलाउँदै बसूँ के

उडीरहन मन लाग्यो मलाई
नीलो आकासमा बादल जस्तै
उडीरहन मन लाग्यो मलाई
सधैँ उडिरहने त्यो चरी जस्तै

घाम डुब्‍न लाग्यो आकासमा
सितल पवनको स्पर्स छायो
न्याउली रोयो त्यो पारी गाउँमा
मनमा किन हो बिरह छायो

उडीरहन मन लाग्यो मलाई
नीलो आकासमा बादल जस्तै
उडीरहन मन लाग्यो मलाई
सधैँ उडिरहने त्यो चरी जस्तै

चरीहरू गाउँदैछन् साँझमा,
बिरह ले हो कि खुसीले कुन्‍नी,
मनको बह गाउँ कि गीतमा,
पोखाउँछु मनको भावना म नि,

टाढा-टाढा जान मन लाग्यो
एकान्तमा जान मन लाग्यो

उडीरहन मन लाग्यो मलाई
नीलो आकासमा बादल जस्तै
उडीरहन मन लाग्यो मलाई
सधैँ उडिरहने त्यो चरी जस्तै

show more

Share/Embed