मौद्रिक नीति परिवर्तनसँगै शेयर बजारमा देखिएको उत्साहको अर्थ के ?
Galaxy 4K Galaxy 4K
903K subscribers
2,164 views
0

 Published On Dec 16, 2023

मौद्रिक नीति परिवर्तनसँगै शेयर बजारमा देखिएको उत्साहको अर्थ के ? | Galaxy News Report

गत साता एक हजार ८ सय ५२ दशमलब ७-७ बिन्दुमा बन्द भएको बजार यो साता एक हजार ९ सय ९४ दशमलब ६-० बिन्दुमा पुगेको छ। यो साता सेयर बजारमा पाँच दिन कारोबार हुँदा चार दिन बढ्यो भने एक दिन घट्यो । यो साता सेयर बजारमा लामो समयपछि १६ दशमलब ६-९ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता ७ दशमलब ३-८ अर्ब रुपैयाँको मात्रै भएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेलगत्तै यो साता दोस्रो बजारमा कारोबार र सूचक दूबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता २८ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो । यो साता बजार पूँजीकरण २ खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । यो साता दोस्रो बजारमा असार महिनापछि उच्च कारोबार भएको छ । यस हिसाबले हेर्दा यो साता छ महिनापछि उच्च कारोबारका साथ उच्च अंक बृद्धिले भएर सेयर बजारमा कारोबार भएको छ ।
#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed