अल्लो कपडा एक चिनारी बृत्तचित्र | अल्लो कपडा उत्पादन प्रक्रिया | अल्लो सिस्नो | ALLO | NETTLE
1,531 views
59

 Published On Premiered Jul 1, 2024

अल्लो एक चिनारी बृत्तचित्र

नेपालको उच्च पहाडी भूभागका खर्क, खोला, खोल्सा तथा बाटोको छेउछाउका चिस्यान मलिलो स्थानमा पाइने सिस्नो प्रजातिको वनस्पतिलाई अल्लो भनिन्छ । समुन्द्र सतहबाट करिब १००० मिटरदेखि ३००० मिटरको उचाईमा पाइने अल्लो सिस्नो बढीमा तीन मिटरसम्मको अग्लो र मानिसको औलाको गोलाई जतिकै हाराहारिको हुने गर्दछ । अल्लो सिस्नो विविध कामका लागि उपयोगि वनस्पति हो । विशेष गरी यसको कलिला मुण्टाको साग तरकारीको रुपमा, जरालाई औषधिको रुपमा र लोक्ताको डोरी तथा धागो बनाई कपडा उत्पादनको लागि उपयोग हुने गर्दछ । अल्लोको लोक्ताको प्रशोधन गरी धागो बनाई विभिन्न किसिमका कपडाहरु उत्पादन गर्ने गरिन्छ । त्यसमा कोट, टोपी, कमिज, झोला, सल, पर्स, जुत्ता, स्याण्डल आदि प्रमुख उत्पादन हुन ।
अल्लोको धागो बनाई कपडा उत्पादन गर्ने काम मुख्य गरी संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाका कुलुङ जातिले आफ्नो परम्परागत पेशाको रुपमा गर्दै आइरहेका छन् । त्यस्तै सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका र भोजपूर जिल्लाको साल्पासिलिछो गाउँपालिकाका कुलुङ जातिले पनि अल्लो कपडा उत्पादन गर्ने व्यवसाय शुरु गर्नु भएको छ । हाल आएर खोटाङ, ताप्लेजुङ जिल्लामा पनि अल्लो कपडा उत्पादन गर्ने काम शुरु भएको छ । त्यस्तै पाल्पा, रुकुम, रोल्पा जिल्लामा समेत अल्लो कपडा उत्पादन गर्ने व्यवसाय विस्तार हुदै गइरहेको छ ।
अल्लो कपडा Antibacterial/जीवाणुरोधी गुणयुक्त Fiber/धागोबाट तयार पारिएको हुनाले देश तथा विदेशमा यसको माग उच्च रहेको छ । तथापी अल्लो कपडाको उत्पादन र प्रवर्द्धनमा राज्यको ध्यान कम जानले यो व्यवसायले ठूलो चुनौती भोगिरहेको छ ।
अल्लो एक चिनारी बृत्तचित्र कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, सङ्खुवासभाले निर्माण गरेको हो । यो बृत्तचित्रको सर्वाधिकार घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभाको रहनेछ । यस बृत्तचित्र तयार गर्ने बगैचा मिडिया एण्ड एडभर्टाइजिङ प्रा.लि., सङ्खुवासभा प्रति यस कार्यालय हार्दिक आभार व्यक्त गर्दछ ।

प्रदेश सरकार
उद्योग, कृषि तथा सहकारी मन्त्रालय
घरेलु तथा साना उद्योग कार्यालय
कोशी प्रदेश
सङ्खुवासभा, नेपाल

" समृद्धिको लागि उद्यमशीलता "

show more

Share/Embed