अगरवूड 'Agar-wood' संसारको सबै भन्दा महँगो रुख|| Agar-wood "खेति प्रविधि"
Krishi GYAN Krishi GYAN
1.34K subscribers
28 views
2

 Published On Dec 23, 2021

अगरवूड '#Agar-wood' संसारको सबै भन्दा महँगो रुख S.N: Aquilaria malaccensis.
के हाे अगरवूड ? यसबाट कति कमाउन सकिन्छ ?Agar-wood मात्र किन ?
=======================================================
परिचय :
Agar-wood संसारको सबै भन्दा महँगो रुख हो। Agar-wood विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाईन्छ | यो सामान्यतया समुन्द्री सतहबाट 1800 मिटरको उचाईसम्म हुर्कन्छ । भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।
अगरवूड उच्च महत्व भएको विरुवा हो । यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । यो बिरुवा कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब 8 वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ । यसको प्रयोग विभिन्न धार्मिक कार्यहरु देखि लिएर औषधिय पिय पदार्थ बनाउन तथा सजावटको रुपमा पनि प्रयोग गरिन्छ । विभिन्न प्रकारका धुपहरु , बास्नादार बस्तुहरु बनाउनमा यसको प्रयोग गरिन्छ ।यसको तेल विभिन्न रोगहरु जस्तै डिप्रेसन ,क्यान्सर ,दम,उच्च रक्तचाप ,हेपाटाइटिस आदिको उपचारका लागि प्रयोग हुन्छ ।
अगरवूडको मुख्य फाइदाहरु औषधिको लागि, धार्मिक प्रयोगको लागि र सांस्कृतिक प्रयोगको लागि विशेष मानिन्छ | हाल विश्वव्यापी रुपमा अगरवूडको व्यापार करिब 6 विलियन अमेरिकी डलर देखि करिब 12 विलियन अमेरिकी डलर रहेको छ । 5-10 बर्षमा उत्पादन लिन सकिन्छ । एउटा राम्रो चोप भएको रुखले रु. 10 लाख देखी 2 करोड सम्म दिन्छ |
===========================================================
Agar-wood "खेति प्रविधि"
अगरवूड नेपालको तराई देखि पहाडि भूभाग, औशत वर्षा हुने ठाउ अति राम्रो मानिन्छ । यसको लागि घाम लाग्ने ठाउँ, 4-6 Ph भएको नरम तथा हल्का माटो उपयूक्त मानिन्छ | यसको विरुवा उमार्ने काम नर्सरीमा गरीन्छ ।अगरवूड को दाना जुन ३.५ देखि ५ सेन्टीमिटर लामो , अन्डाकार , खैरो रड.को हुन्छ | अगरवूड सदा हरीयाली हुने विरुवा हो ।यो पानी जम्ने र दलदल भएको जमिन बाहेक सबै खाले माटोमा ,तराईको समथर भुमी देखी भिरालो पहाडमा लगाउन सकिन्छ । यसको अलवा कफि खेति हुने ठाउमा पनि यसको खेति गर्न सकिन्छ ।
विरुवालाई १ फीटको खाडलमा साझ वा वादल लागेको बेलामा लगाइन्छ । विरुवा लगाइसकेपछि उचित मात्रामा पानी हाल्नु पर्दछ । विरुवालाई सिधा बनाउनको लागि केहि आड दिन पनि सकिन्छ । विरुवाको तिव्र बृद्धिको लागि वरपरका विरुवाहरु हटाउने, गोडमेल गरि माटो खुकुलो बनाउनु पर्दछ । सामान्य अवश्थामा विरुवा विचको दुरी ३ देखी ६ मिटरको रहन्छ |
============================================================
Agar-wood मात्र किन ?

१.एउटा ८० वर्ष पुगेको रुखबाट ६ देखि ९ के.जी. तेल निकाल्न सकिन्छ ।
२.एउटा ५० वर्ष पुगेको रुखबाट २.७ देखि २.६ के.जी. तेल निकाल्न सकिन्छ ।
३. १.२ देखि ३.६ के.जी.को काठबाट १ तोला(१२ मि.लि) तेल निकाल्न सकिन्छ ।
४.अगरवूड रुखबाट केहि समय अन्तर गर्दै निरन्तर रुपमा तेल निकालिरहन मिल्छ ।
सुद्धता करिब ९५ देखि ९९ प्रतिशत भएको तोला १२ मि.लि को मुल्य करिब २६० अमेरिकन डलर(करिब रु.२६,०००) पर्छ|
============================================================
Don't forget to like, share and subscribe our channel.
E-mail; [email protected]
Subscribe our Channel: https://bit.ly/2Ccd0jh
Follow us on facebook:   / agri.tech24  
===========================================================
Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use
============================================================
*Copy-right* #KrishiGyan @2021*
============================================================
DISCLAIMER
This video is made only for education purpose.
Video owner if you are disagree with this video which is mentioned in our video please massage us in this channel/ email, we will remove your content as soon as possible.
============================================================

show more

Share/Embed