Beautiful Village Pakhapani|रघुगंगा गाउँपालिका६ एतिहासिक सुन्दर"पाखापानी कमनाथ"गाउँकाे सुन्दर दृश्य|
D update LoveGuru D update LoveGuru
398 subscribers
123 views
5

 Published On Sep 17, 2024

Beautiful Village Pakhapani|गण्डकी प्रदेश रघुगंगा गाउँपालिका ६ म्याग्दी एतिहासिक र निकै सुन्दर "पाखापानी कमनाथ" गाउँकाे सुन्दर दृश्य ड्राेन बाट कैद गरिएको भिडियो ।

#pakhapanigaumyagdi​#pakhapanivillagemyagdi​#raghugangagaupalikapakhapani​#devpun​#devvlognepal​#devchochangi​#raghugangagaupalikakotgaumygdi​#myagdikopakhapanigau​#beautyfulvillageinmyagdi​#pakhapanigau​#pakhapanigauraghuganga​#raghugangamyagdi ​#pakhapani​#tulupaijaraja​

प्रागैतिहासिक नेपाली समाज तथा म्याग्दी जिल्लाको ऎतिहासिक र भौगोलिक पृष्ठभुमिको उत्पदन एवं #साँस्कृतिक पहिचान । ढुङ्गे युगको संस्कृति साझा भूगोल मानव सभ्यता इतिहास र पाखापानी टुलु पाइजा गरिब जनताको लागि खेलेको उर्बरभुमी र अस्तित्वको भुमिका ।

प्राचीन ढुङ्गेयुगको मानिस नवीन युगको मानव उन्नतमा परिवर्तन हुँदै आयो । यहाँसम्म आईपुग्दा कृषि पशुपालन माटाको भाडाकुडा स्थायी बसोबास स्थानान्तरण गर्न सफल भयो । म्याग्दी जिल्लाको जनता कृषिको आविष्कार बसोबास स्थायित्व पशुपालान बिकास
नवीन हातहतियारको निर्माण वस्त्र लघुउद्योग धार्मिक भाषिक एवं बिश्वास नैतिक आचरण र राजनीतिक बिकास जस्ता विशेषताहरु प्रकट भए ।

#बहुपहिचान बहुसाँस्कृतिक बहुभाषिक बहुधार्मिकको समुह तथा सामाजिक अंगले मात्रै एउटा राष्ट्र बनेको हुन्छ ।

संस्कृति र प्रकृती सम्बन्धको तत्व !

संस्कृति भनेको सीप कला भेषभुषा र भाषा धर्म कला प्रतीभको मुल्यमान्यता रहनसहन चाडपर्वको समष्टि हुन । म्याग्दी जिल्लाको समाज ऎतिहासिक पहिचान बिकासको प्रक्रियामा निर्माण भौतिक तथा आत्मिक मुल्यहरुको संश्लेषण हो ।

सभ्यता र बहुपहिचान !

राज्य र समाजले अमुक जात-जातीका मौलिक कला भाषा धर्म र साँस्कृतिक अस्तित्वलाई मानसम्मान सहित मान्यता दिनु हो ।

भौगोलिक !
म्याग्दी जिल्ला भुपरिबेष्ठित भूगोल भएको हुँदा भौगोलिक गाउँठाउँ अनुसारको साँस्कृतिक पहिचान केही बिबिधता रहेको छ ।
मानव बस्तिको बिकास !

नेपालको आरम्भ देखि मानव बसोबास भएको क्षेत्र मध्ये प्राचीन पाषाण युगमा #पश्चिम नेपाल मानव बिकासको महत्त्वपूर्ण क्षेत्र बनेको मध्ये #म्याग्दी जिल्ला एक हो ।

नेपाली समाज र म्याग्दी बहुजातीय !

मानव जिबनको सम्पूर्ण अबधि मध्य एक प्रतिशत समयको मात्रै लेखित विवरण प्राप्त हुनेहुदा त्यसपुर्व सम्पूर्ण घटना जान्नको लागि प्रागैतिहासिक पुरातात्त्वको सहारा लिनुपर्छ । जस्तै भुगर्भ कन्दरा ओडार गुफा खोलानदी जंगल र खुल्ला फाँट चौरहरुमा भग्न भएर रहेको अवशेष संग्रह। जसको अध्ययन बाट तत्कालीन समाजबारे आँकलन हुन्छ ।
इतिहासको गर्भमा लुकेको म्याग्दी जिल्ला र पाखापानी राजा बुदे पाइजाको छोरा टुलु पाइजाको इतिहास ।
बिसं १८४३ साल असोज ४ गते गोर्खा र पाल्पाको संयुक्त फौजले धौलासिरिको राजधानी पर्वत बेनिमा पुर्व र दक्षिण दिशाबाट एकै चोटि हमला गरि १० दिन युद्ध चलेको थियो । उक्त युद्धमा हजारौ मानिसको ज्यान गयो । पर्वत राजधानीमा लुटपाट भयो अन्तमा १८४३ असोज १४ गते पर्वत राज्य गोर्खामा बिलिन हुन पुग्यो ।

गोर्खा राज्यले सानासाना राज्य जित्दै गएता पनि सुशासन चलाउन नसकेर चोर, डाँकु,गुण्ड, दलाल ठगहरुले जताततै लुटपाट गर्न थालेका थिए ।१६०० हजार पर्वत राजधानीको चारैतिर अस्तव्यस्त हुन थाल्यो । सोही समयमा पाखापानी कुलगण राज्यको राजा बुदे पाइजाको साइला छोरा टुलु पाइजाले बिद्रोहको बिगुल फुके गोर्खा बिरोधमा कुलगण राज्य र उर्वरभुमीको अस्तित्व बचाउन बिद्रोहको झण्डा उठाए । टुलु पाइजाले आफू मलेबम मल्लको रौतेला राजा राजकुमार घोषणा गरे । धर्म र कर्ममा आस्था राख्ने समाजले पनि उक्त बिद्रोहलाई शिरोधार्य गर्‍यो । म्याग्दी जिल्ला हाल पाखापानी गाबिस लाइ राजधानी बनाई देउराली डाडामा किल्ला गढि निर्माण गरि १५० धनुधारी सैनिक टुकडी गठन गरे । चौतर्फी लुटपाट तथा ठगको जमात बढेपछि आफुलाई राजा घोषित गरि ठाडाखानी कुईने मङले तिरबाट टक्सारिको लागि तामोको आपूर्ति बन्द गरे ।

बेनिबाट #तामो खनकको ज्याला तिर्न पठाइएको रकम भारिहरु जफत गरिदिए । सामन्ती शासक मुखियाहरु सँग रहेको बाली सेर्मा तिरोभरो गरिब जनताबाट उठाउने रकम जफत गरे च्याट्ने र पोल्ने गरे । अन्तमा गोर्खा एकात्मक सामन्ती सरकारलाई कुनै किसिमको कर दस्तुर नतिर्नु भनी झ्याली फुके । सामन्ती शासक साहु मुखिया महाजनको तमसुक च्यातेर आफ्नो राज्यको गरिब जनता असामी हरुलाई ॠण समेत मुक्त गरिदिए । सामन्ती शासक साहु मुखिया महाजनको धन सम्पत्ती खोसेर पिडित दिन दुखी गरिब जनतालाई बाडिदिए ।

बिसं १८९७ साउन २९ गतेका दिन बाङलुङ अडडाका छोटी गौडा बिचारी डिठठा झराली फौज आदि टुलु पाइजाको फौज सँग लड्न घमसान युद्ध भयो । पहिलो दिनको लडाइँमा हारेर भागी झराली फौज पात्लेखेत आई रात काट्यो । भोलिपल्ट थप व्यवस्था सहित ९४५ जना वहावाला झराली फौज १५० जना रहेको टुकडी फौज सँग पाखापानी घेर्न पुग्यो । इतिहास लामो भएको कारण उल्लेख्य शब्दांस मात्रै प्रयोग गरि लेखेको छु । कृपया सत्यतथ्य घटनाको इतिहास बुझेर पढ्नु होला । गल्तिमा क्षमा याचना व्यक्त गर्दै फेरि टुलु पाइजा सामन्ती शासक गोर्खा र झराली फौज विरुद्धमा युद्ध लडाइँ हुँदा १८९७ साल असार ३० गते राजतिलक भएको कारण उहाँलाई सरकार समक्ष मुद्दा र माग राखी म्याग्दी जिल्लाको आम जनताले सहित घोषणा गरि टुलु पाइजाको स्मृति सालिक निर्माण गर्न अत्यन्तै जरुरी छ । उक्त युद्ध सामन्ती शासक मुखिया महाजन बाट हस्तक्षेप र शत्रु भएको हुँदा सुसंगठित नभएर अचानक यो लडाइँ हतारमा गरिएको कारण युद्ध असफ़ल भएको थियो ।

show more

Share/Embed