के हो मष्टो? खसहरूको धर्म केहो? "मष्टोपूजा कुलपूजा हो भने खसहरूको धर्म वैदिक हिन्दू नै हो।"
Bhimkanta Bhagawat Bhimkanta Bhagawat
16.2K subscribers
8,536 views
258

 Published On Oct 2, 2021

#मष्टोपूजा____खससँस्कृति_____एक_विश्लेषण !!!
#के_हो__वास्तविकता? #क्षत्री_समूदायलाई_निवेदन !!!

ॐ अादिमष्टो गुरू शरन परी हातै जोडी पाउ लाग्याँ।रख्खे गरे,बडन्ती गरे............ वराह मष्ट कुल-कालिका कुल-मालिका श्रीछिन्नमस्ता बढि माई शरन 🙏

यो मष्टोपूजा लोकाचार र कुलाचार हो।
" लोकाचारान् कुलाचारान् देशाचारान् समाचरेत्" अनुसार वेद सम्मत छ।वेद र तन्त्रको मिश्रण हो यो मष्टो परम्परा।राजसी र तामसी पूजा पद्धतिको मिश्रण पनि हो यो।
मष्टोको अर्थ हो समस्त।सम्पूर्ण शक्तिहरूको एकीकृत महाशक्तिको नाम हो मष्टो।यसमा शक्ति र शक्तिमानको सङ्गै अाराधना हुन्छ।मष्ट देवताहरू वास्तममा कति छन् थाहा छैन किनकी नयाँ -नयाँ मष्टो देवताहरू प्रकट हुने र बक्ने क्रम अाज पनि छ।तर पत्ता लागे अनुसार खास मष्टहरू १०८ वटा छन् भनिन्छ।जसमा अाज सम्म बकेका मष्टोहरू १८ छन्।कसैले १२ मष्टोलाई मात्रै मान्छन्।मष्टोको अादि थलो कैलास मानसरोवर हो।अादि मष्टो भनेर भगवान् शिवलाई नै मानिन्छ।भगवान् शिवका एघार रुपहरू र मुल अादि मष्टो गरि बाह्र मष्ट अनि प्रभुका मुख्य छ जना शैव पार्षदहरू समेत गरि १८ मष्टोको खास अाराधना नेपालमा हुने गरेको छ।तर यी मष्टो देवताको नाम मुल ठेट नेपाली भाषामा हुन्छ।जस्तै दुधे मष्ट,खप्पर मष्ट,दाह्रे मष्ट अादि।मष्टो पूजाको ईतिहास हेर्दा लगभग १००० वर्ष भन्दा माथि जानू पर्दछ।वर्तमान बाहुन क्षेत्रीहरू यो पहाडमा फैलिनु पूर्व पनि मगर राजाहरूले मष्टो पूजा गरेका प्रमाण छन्।जसको प्रमाण अर्घाखाँचीको अर्घौते ढुङ्गो छँदै छ।मष्टो परम्परामा पुजिने नौ बहिनी देवीहरू पनि वैदिक नवदुर्गा नै हुन्।यो पहाडमा बाहुन,छेत्री,दशनामी,कामी,दमाई,सार्की,गाइन,वादी अादि अाउनु भन्दा पहिले नै मगर र गुरुङ राजाहरूले वेद र तन्त्र सम्मत विधिले भुईंफुट्टा शक्तिपीठमा पूजा अर्चना गर्दथे।हुन त अत्यल्प रुपमा यी अन्य समूदाय यहाँ रहे पनि मूलतः बढि संङ्ख्या मगर र गुरूङहरूकै थियो।मगर र गुरुङहरू प्राचीन वेदधर्म रक्षक क्षत्रीहरू हुन्।महाभारतको युद्धमा वर्तमान नेपालबाट शैवमार्गी वैदिक किरात र क्षत्री राजाहरू लड्न गएको उल्लेख छ।ती क्षत्री भनिएका वर्तमान मगर,गुरुङ,तामाङ अादिका पुर्खा थिए।बुद्धबाट गुरूङ वर्ग प्रभावित भए पछि शैव र बौद्ध मिलेर परम पवित्र हिमाली महायान मार्ग बन्यो।पछि भोटे,शेर्पाहरू हुँदै यो तिब्बत,भुटान,बर्मा,श्रीलंका सम्म फैलियो।यही मुल मष्टो परम्परा उपत्यकामा पनि थियो।यसैको जगमा विराट नेवार सभ्यता विकसित भएको हो।काठमाडौंका अधिकांश मन्दिरको गर्भगृह हेर्दा सामान्य शिला थापेर शक्ति बोलाइएको कुरा श्रीमहालक्ष्मीस्थान,श्रीवंगलामुखी अादिको अवलोकनबाट थाहा हुन्छ।नेवार जाती भन्छन् अचेल,जुन गलत हो।नेवार त सभ्यता हो जसमा पहाडे,मधिसे,हिमाली,भोटे,पर्वते,काँठे,खोले,मैदाने सबै मिसिएका छन्।वैदिक छहारीमा मुल मष्टो परम्परामा पछि गहन तन्त्र पनि मिसिए पछि वर्तमान नेवा सभ्यता र विश्वलाई नै चकित पार्ने खालको उपत्यकाको वर्तमान साँस्कृतिक विरासत बन्यो।यसैमा बुद्धको ज्ञान मिसिए पछि शैव दर्शन र साधना अनि बुद्धको ज्ञान मिलेर बज्रयान मार्ग विकसित भयो। किरात सभ्यतामा पूजिने सतलुङ्ग,मिलुङ्ग र पुतलुङ्ग ब्रह्मा,विष्णु,महेश वा अ उ म = ॐकारकै प्रतीक हुन्।यो पनि मष्टोकै स्वरुप हो।

मूलत: मष्टो हुन शक्ति र शक्तिमान सङ्गै हुनै पर्दछ।कर्णाली प्रदेशमा मष्ट देवतालाई कुलदेवता,मार्गदेवता,गृहदेवता,ग्रामदेवता र स्थानदेवता अादि विभिन्न रुपमा पुजिन्छ।छेत्रीहरूले अाफ्नी कुलदेवी महाकालीको साथमा मान्छन्।छेत्री वंशका खास कुल देवता महाकाली,खड्क देवता,छत्र महाराज अादि रहेको पाइन्छ।ठकुरीहरूको पनि कुल देवता श्रीकालिका न‌ै भएको पाइन्छ।मध्यमाञ्चलमा अाउँदा मष्टले कुलदेवताको खास रुप लिएको पाइन्छ।मध्यमाञ्चल र पश्चिमाञ्चलमा लगभग नब्बे प्रतिशत बाहुन र विश्वकर्माले मष्टोलाई कुलदेवताको रुपमा पुज्दछन्।केही परियार,गन्धर्व र नेपालीले पनि मष्टो पुज्दछन्।तर धेरै जसो परियार,नेपालीहरूले कुलको रुपमा देवीकै पूजा गर्दछन्।नेपालमा वास्तविक शूद्र कोही छैन।बाहुनबाट विश्वकर्मा,छेत्रीबाट दमाही,ठकुरीबाट सार्की बनाइएका प्रमाण छन्।बादी र गन्धर्व पनि बाहुनबाट बनाएको हो।यसैले माथिको पारम्परिक सामिप्यता देखिएको हो।

show more

Share/Embed