सर्जरीबिनै स्ट्रोक्स, क्यान्सर जस्ता स्वास्थ्य समस्याको उपचार-Interventional Radiology | Doctor G
Galaxy 4K Galaxy 4K
903K subscribers
1,214 views
0

 Published On Premiered Dec 16, 2023

सर्जरीबिनै स्ट्रोक्स, क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार-Interventional Radiology | Doctor G | EP- 07

शरीरमा सानो भन्दा सानो मात्र प्वाल बनाई, X-ray , CT Scan , Ultrasound जस्ता imaging methode ले Guide गर्दै विभिन्न उपकरण तथा तार छिराएर शल्यक्रिया गरिने प्रकृया नै हो Interventional radiology । ठुलो चिरफार गर्न नपर्ने अनि कुनै अंग वा भागको मात्र Targeted उपचार गर्न सकिने भएकाले यो परम्परागत शल्यक्रिया भन्दा निक्कै अब्बल छ ।
शल्यक्रिया भन्दा सहज र भरपर्दो यो उपचार पद्दतिबाट उपचार गर्दा बिरामीको अस्पताल बस्नुपर्ने समय कम हुने , दुखाई कम हुने ,Blood loss कम हुने , शल्यक्रिया गर्दा हुनसक्ने जटिलता नहुने , रिकभरी राम्रो हुने , संक्रमणको जोखिम कम हुनाका साथै सबै केसहरुमा बिरामीलाई पूर्ण रुपमा बेहोस गर्नु नपर्ने जस्ता कारणले गर्दा यो उपचार पद्दति भरपर्दो अनि बिरामीलाई राहत हुने खालको छ ।
Arteries तथा Veins को blockage , Strokes , महिलामा हुने विभिन्न स्वास्थ्य समस्या , क्यान्सरको उपचार जस्ता स्वास्थ्य समस्याको उपचारमा Interventional radiology ले क्रान्तिकारी परिवर्तन ल्याएको छ । विकशित देशहरुमा निक्कै अघिदेखि नै Interventional radiology को प्रयोगबाट उपचार हुँदै आएको भएपनि नेपालको सन्दर्भमा यो क्षेत्र भर्खरै वामे सर्दैछ । अहिले देशमा Interventional radiologist संख्या कम रहेको अनि यसको उपचारमा प्रयोग हुने उपकरण तथा अन्य Tools हरु महँगो पर्ने भएकाले पनि हाल यो सुविधा नेपालका प्रमुख सहरमामात्र उपलब्ध छन्। आम मानिसमा यसबारे जानकारी अनि सरकारी निकायको यस Interventional radiology को महत्वबोध भएमा अहिले उपचार भइ रहेका अनेकन स्वास्थ्यसमस्या निक्कै सहजताका साथ निदान हुने निश्चित नै छ ।

Host : Nirajan Tripathi
Guest :Dr. Pradesh Ghimire , Interventional Radiologist


#Galaxy4K #DoctorG

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed