गठबन्धन क्लियर छैन, आफ्नालाई भोट हाल्नु:Prachand ||Kailali ||Sudurpaschim ||Chunabi sava
Nirmala khadayat Nirmala khadayat
1.72K subscribers
37 views
4

 Published On May 9, 2022

सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलारी गाउँपालिका पुगेर गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका छन् ।

कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष दाहालले बागी उम्मेदवार चौधरीलाई मत मागेका हुन् ।

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए ।

© Nirmala_Khadayat
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
Don't Forget To Subscribe To My YouTube Channel.
Thank You To Each And Everyone For Watching And Sharing.
Keep Supporting 😊

Please visit our blog and comment on our content.
▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
#Prachand #Puspakamaldahal #Gathabandhan #kailari
#PaschimNepal
#Nirmala_Khadayat #MahilaJournalist #Journalist #Nirakhabar

show more

Share/Embed