अदालतमा मुद्दा दर्ता के गर्नुपर्छ ? पेशी भनेको के हो ? इजलास, बन्दइजलास, निरन्तर सुनुवाई समेत समावेश
Awasar Awasar
15.2K subscribers
30,489 views
970

 Published On Nov 20, 2021

मुद्दा दर्ता सम्बन्धी जानकारी
मुद्दा दर्ता गर्न के कस्तो प्रकृया पुरा गर्नुपर्दछ ?
इजलास भनेको के हो ?
इजलासमा सर्वसाधरण पनि बस्न पाउँछन् ?
बन्द इजलास भनेको के हो ?
पेशी भनेको के हो ?
निरन्तरको सुनुवाइ भनेको के हो ?

मुद्दा दर्ता गर्न के कस्तो प्रकृया पुरा गर्नुपर्दछ ?
दुनियाँवादी मुद्दामा आफूलाई अन्याय परेको विषयमा मुद्दा दर्ता गर्नु परेमा कानुनले तोकेको हदम्यादभित्र सम्बन्धित अदालतमा फिरादपत्र दर्ता गर्नु पर्दछ । मुद्दा दर्ता गर्ने क्रममा कुनै अन्योल भएमा अदालतका प्रमुख मुद्दा दर्ता गर्ने अधिकारीसँग सोपुछ गर्नु पर्दछ ।
अदालतमा मुद्दा दर्ता गर्नको लागि छुट्टै शाखा तोकिएको हुन्छ ।
मुद्दा दर्ता गर्दाको अवस्थामा कुनै अदालती शुल्क लाग्ने रहेछ भने सो पनि बुझाउनु पर्दछ । यसरी बुझाएको दस्तुर अदालती शुल्क बुझेपछि अदालतले रसिद दिन्छ । आफूले पनि सो रसिद लिन भुल्नु हुँदैन । (दफा ६३-८४)
मुद्दा दर्ता गर्दा फिराद पत्रमा कुनै रित नपुगेको भएमा फिराद पत्रमा उल्लेखभएको कुनै कागज प्रमाण र पेश गर्नद छुट भएको देखिएमा अदालतले सो रित पुर्याउन वा कागज तथा प्रमाण पेश गर्न लगाउन सक्नेछ । (परिच्छेद-७)
कुनै कारणले फिरादपत्र दर्ता गर्न नमिल्ने रहेछ भने अदालतले सो कुरा लिखितरुपमा उल्लेख गरी फिरादपत्र दर्ता नगरी दरपीठ (मुद्दा दर्ता गर्न इन्कार) गर्न सक्नेछ । यसरी दरपीठ गरेको कुरामा चित्त नबुझेमा सोही अदालतको न्यायाधीश समक्ष निवेदन दिन सकिन्छ । (मुलुकी देवानी कार्यविधि संहिताको दफा १२६-१३०)

इजलास (Bench/Court Room) भनेको के हो ?
इजलास  न्यायालय, कचहरी, बञ्च, न्यायप्रशासनका निमित्त न्यायाधीश बसेको ठाउँ ।
इजलास भनेको न्यायाधीशले मुद्दा सुनुवाइ गर्ने कक्ष हो ।
इजलासमा न्यायाधीश, इजलास अधिकृत, अभियुक्त, कानुन व्यवसायी र मुद्दाका पक्ष लगायत सर्वसाधरण बस्ने अलगअलग स्थान निर्धारण गरिएको हुन्छ ।
बयान, बकपत्र गराउने, मिलापत्र गर्ने, मुद्दा फिर्ता लिने, बहस पैरवी गर्ने र थुनछेक एवम् फैसला गर्ने लगायतको कार्यहरु इजलासबाट मात्र गरिन्छ ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २७२ र मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७ पनि हेर्नुहोस् ।

पेशी (Hearing) भनेको के हो ?
कानुनी भाषामा पेशी भनेको अदालतले इजलाससमक्ष मुद्दा पेश गने कार्य हो । इजलास समक्ष मुद्दा पेश गर्नको लागि दिइने तारेखलाई पेशी तारेख भनिन्छ ।
इजलासमा जुनसुकै दिनमा मुद्दा पेश गर्द मिल्दैन । पेशी तारेखको दिनमा मात्र इजलाशमा मुद्दा पेश हुन्छ । पेशी तारेखको दिनमा मात्र इजलासमा मुद्दा पेश भई न्यायाधीशले हेर्दछन् । पेशीमा न्यायाधीशले मुद्दामा आदेश गर्ने फैसला गर्ने कार्य गर्दछन् ।
#Awasar #पेशी #इजलास

show more

Share/Embed