TOUGH talk with Dil Bhusan Pathak | Hari Budha Magar and Vinod Budhathoki | Episode 01
Himalaya TV Himalaya TV
1.42M subscribers
36,532 views
1.1K

 Published On Jan 25, 2019

आज मसँग दुई जना विशेष अतिथि हुनुहुन्छ, हरि बुढा मगर र विनोद बुढाथोकी । कति धेरैले यो नाम पहिलो पटक सुन्दै हुनुहोला । विशेष यस अर्थमा की आजका मेरा दुई अतिथिको भोगाई र साहस अलिक विशेष छ । भोगाई यस्तो छ की सुन्दा हाम्रो आंङ नै सिरिंग हुन्छ । र साहस यस्तो छ की देख्दा छाती फुलेर ठुलो हुन्छ ।
दर्शकवृन्द, शिखरमा पुग्ने चाहना कसको नहोला । अनि शारिरिक रुपमा फिट रहि प्रतिस्पर्धामा खरो उत्रने चाहना कसलाई नहोला । अघिल्लो पटक मैले बेलायतको मेडसनमा भेटेको यी दुई होनाहार नेपालीलाई निम्ताएको छु आजको टफटकमा ।
रोल्पाको पनि अति दुगर्म गाउँमा जन्मिनुभएका हरि बुढा मगर उहाँको गाउँबाट प्रबेशिका परिक्षा एसएलसी पास गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । ११ वर्षको कलिलो उमेरमा विहे गर्नुभएका मगर सन् १९९९ जनवारीमा ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । आर्मी भएपछी मृत्युसँग नडराउनु त स्वभाविक नै हो तर प्रतिस्पर्धामा र साहसीक काममा संधै खरो उत्रने मगरको जीवनमा त्यतिबेला बज्रपात पर्र्यो, जतिबेला उहाँले अफगानिस्तान युद्धमा बम विस्फोटमा परेर आफ्नो दुबै खुट्टा गुमाउनु पर्र्यो । अहिले तिनै हरि सगरमाथा चड्ने कठोर तयारीमा हुनुहुन्छ ।
दुवै गोडा नभएका हरिले यसबीच संसारका कैयन अग्ला अप्ठ्यारा शिखर उक्लिनु मात्र भएन, जेनेभासम्म पुगेर उहाँको जस्तो अपांगता भएकाहरुलाई सगरमाथाको चुचुरोसम्म पुग्न नपाउने नियमलाई नै खारेज गर्न चुनौति दिनुभयो र आरोहणको अनुमति प्राप्त गर्नुभयो । सगरमाथा चढन् वा आकाशबाट हाम फाल्ने जस्ता अनेकन जीउ सिरिंग हुने जोखिमपुर्ण प्रतिस्पर्धात्मक खेलहरुले किन लोभ्याउँछ ? हरिको आफ्नै तर्क छ । हरि लजिक, जसका लागि उहांलाई चिनेजानेहरु अहिले खुब सम्मान प्रकट गर्छन ।
अनि विनोद बुढाथोकी । बेलायती सेनाका पुर्व राइफलम्यान । २०१७ को ब्रिटिस ओपन एयरगन च्याम्पियनसिपमा द्धितिय र २०१८को सोहि प्रतियोगितामा प्रथम । विनोदले क्रोयसियामा २०१७ मा सम्पन्न पहिलो अन्तराष्ट्रिय सुटिंग च्याम्पियनसिप र २०१६ को रियो प्यारालम्पिक खेलमा समेत प्रतिस्पर्धा गर्नुभएको छ ।
हाल बेलायतमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हरी बुढामगर सगरमाथा चढ्ने चाहानालाई वास्तविकतामा परिवर्तन गर्न नेपाल आइपुग्नु भएको छ । त्यसैगरी बिनोद बुढाथोकी पनि अहिले नेपालमै भएका बेला मैले दुवैलाई एकसाथ बोलाउने मौका छोपेको छु ।
यी दुई ब्रिटिस आर्मीले कहां र कसरी गुमाए आफ्ना दुबै खुट्टा ? कस्तो थियो त्यो बेलाको पीडादायी अनुभूती ? आफ्नो दुबै खुट्टा गुमाउँदा पनि एडभेञ्चर र सगरमाथा चढ्नेसम्मको सोच कसरी विकास गरे ? कसरी चल्दैछ हालको जीन्दगी ? यिनै प्रश्नको जवाफ खोजौँ आजका मेरा अतिथिहरुसँग । आउनुहोस, स्वागत गरौं आजको मेरा यी दुई विशेष अतिथिलाई र सुनौ उहांको विशेष जीवन कथा ।

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue.
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.


Connect with Himalaya TV:
www.himalayatv.com
  / himalayatv  
   / himalayatvnepal  
  / himalayatelevision  

#himalayakhabar #himalayatvhd

show more

Share/Embed