कुमाख मेलाकाे रमाइलाे Kumakh Mela Salyan ड्राेनबाट यस्ताे देखियाे Drone Video 2080
Lekali Online Lekali Online
28.7K subscribers
4,708 views
135

 Published On Oct 29, 2023

सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रूपमा सुपरिचित छ । यो लेक जिल्लाकै दोस्रो अग्लो पहाड हो । यसको उचाइ २,५३७ मिटर रहेको छ । यसको पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै, छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ । कुमाख लेक आफैँमा एक प्राकृतिक भ्यु–टावर हो । पर्यटकीय घुमघाम तथा दृश्यावलोकनका लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो । कुमाख लेकको टुप्पामा सिद्ध मन्दिर पनि छ । यहाँ बन्द कोठाभित्र सिद्ध बस्दैनन् भन्ने जनविश्वासअनुरूप मन्दिरको छानो बनाइएको छैन् । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ । यहाँ पहिलोपटक जानेले सातपटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पूरा भएपछि भेडो बलि चढाउने गरिन्छ । यस मन्दिरमा कहिलेदेखि पूजा गर्न थालियो भन्ने जानकारी कसैलाई छैन । जिजुबाजेले पूजा गरेको बाजेले थाहा पाएको र बाजेले पूजा गरेको आफूले थाहा पाएको कुरा डाँगी थरका पुजारीहरू बताउँछन् । चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब एक किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्दछ ।

show more

Share/Embed