पापिनिलाई छिटो पत्ता लागोस् चापाकोट
Merosewa4k Merosewa4k
29.8K subscribers
226 views
0

 Published On Mar 20, 2024

स्याङ्जाको चापाकोटमा बेवारिसे नवजात शिशु फेला

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

चापाकोट नगरपालिका ९ मजुवा स्थित खोल्सामा बेवारिसे अवस्थामा सालनाल नछुटिएको जिवित नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ।

शिशुको चापाकोट अस्पतालमा प्राथमिक उपचार भइरहेको र थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

show more

Share/Embed