भुटानी प्रकरणमा पुर्पक्षमा रहेका बालकृष्ण खाणलाई धरौटी, हत्या अभियोग लागेका लक्ष्मी कोइरीलाई सफाइ
Galaxy 4K Galaxy 4K
903K subscribers
1,854 views
0

 Published On Dec 14, 2023

भुटानी प्रकरणमा पुर्पक्षमा रहेका बालकृष्ण खाणलाई धरौटी, हत्या अभियोग लागेका लक्ष्मी कोइरीलाई सफाइ | Galaxy News Report

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका खाणलाई उच्च अदालतले आज (बिहीबार) धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको थियो । गत मंसिर १५ मा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । साथै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, रायमाझीका छोरा सन्दीप रायमाझीलगायत अन्यलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed