Monsoon photowalk vlog | Dhikidanda resort pokhara | 360 view of pokhara from dhikidanda| KGMvlog
KGM vlog KGM vlog
4.48K subscribers
302 views
17

 Published On Jul 23, 2024

भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् । यीनै पर्यटकीय स्थानहरुलाई क्यामेरामा कैद गरेर प्रचार प्रसार गरि पर्यटन प्रवद्धन गर्नमा पोखराका फोटो पत्रकारहरुको योगदान अतुलनिय छ । यहि सन्दर्भमा नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक २०२४ गरेको छ ।पोखरा १६ अमला बिसौनीदेखि फोटो खिच्दै पैदल हिडेर ढिकीडाँडासम्मको करिब ६ किलोमिटरको दुरी पार गरेका हुन् । उनीहरुले लामाचौर, बाटुलेचौर, हेमजा, पुरुन्चौर, मठ मन्दिर, घार्मी गाउँ, पोखरा उपत्यकालगायतको दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए । योसँगै गाउँले जीवन, चराचुरुंगीलगायतको फोटो खिच्दै उक्त डाँडामा पुगेका हुन् । देशका धेरै युवाहरु रोजगारको लागि विदेश गइरहेका वेला पोखरा १६ का ८ जनाको युवा समुहले हाल स्वदेशमा केही गर्नु पर्छ भन्दै आफ्नै गाँउमा लगानी गरेका छन् .पछिल्लो समयमा ढिकीडाँडा पर्यटकको रोजाईमा परेको छ । किनकी त्यहाँबाट ३६० भिउमा पोखराको पुरै मनोरम दृश्यावलोकन गर्न पाउनुका साथै प्रकृतिको मज्जा लिन सकिन्छ । त्यस स्थानमा पर्यटकको लागि ढिकीडाँडा रिसोर्ट समेत सन्चालनमा रहेको छ । यहि त्यहाँ जान चाहनुहुन्छ भने थप जानकारीको लागि 9802851744,9762867632 मार्फत बुझ्न सक्नुहुने छ ,धन्दवाद । #Dhikidandaresortpokhara #Monsoonphotowalk #photographers'hike #KGMvlog #Bestpleacesofpokhara #mostviewedonyoutube #mostgopleaces #Nearpokhara

https://www.facebook.com/profile.php?...

show more

Share/Embed