छोरेपाटन बचत तथा ऋण सहकारीको सत्रौं साधारण सभा सम्पन्न
Durbarthok News Durbarthok News
412 subscribers
33 views
0

 Published On Sep 16, 2024

छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा सम्पन्न ।
पोखरा महानगरपालिका वार्ड न. १७ मा अवस्थित छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो।पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तिवारीले प्रत्येक सहकारीहरु  सहकारीको मर्म र भावनाअनुरुप चलाउनु पर्ने  सुझाव दिदै वर्तमान सन्दर्भमा सहकारीप्रति आम जनमानसको दृष्टिकोण नकारात्मक भएको प्रति चिन्ता व्यक्त गर्दै खराब सूचीमा रहेका सहकारीहरुलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे।त्यसै गरी विशेष अतिथि पोखरा महानगरपालिका वार्ड न.२२ का वडाध्यक्ष हिमलाल बराल , पोखरा भ्यु पोइन्ट साकोसका अध्यक्ष एवम् संस्थाका सल्लाहकार मातृका प्रसाद बराल ,निलगिरी साकोसका सचिव तीर्थराज अधिकारी र शेयर सदस्य भुवानीप्रसाद पौडेलले   शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रममा माध्यमिक शिक्षा , स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गरेका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।जस अन्तर्गत स्नातकोत्तर तहतर्फ प्रदीप ढकाल र रोशन सुवेदी सम्मानित भए भने स्नातक तहतर्फ सन्ध्या पौडेल , अस्मिता बास्तोला र  सुदर्शन पौडेलले सम्मान प्राप्त गरे। त्यसै गरी माध्यमिक शिक्षातर्फ असिम न्यौपाने , सुस्मिता बराल र ससिम खत्री सम्मानित भए ।ज्येष्ठ सदस्यतर्फ लछुमन बास्तोला ,पदमपाणि ढकाल र जगन कुमारी गुरुङ सम्मानित भए ।उत्कृष्ट कारोबारकर्ताका रूपमा सुवास पौडेल र उत्कृष्ट वचतकर्ताका रूपमा क्रमशः अन्जुमाया सुनुवार , गङगा प्रसाद रिमाल र शोभा के. सी छेत्री सम्मानित भए। उक्त वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष रविन्द्रराज बरालको अध्यक्षको प्रतिवेदन प्रस्तुत हुनुका साथै कोषाध्यक्ष दिल बहादुर बराल र लेखा संयोजक चिन्तामणि शर्माको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतबाट पारित गरियो।कार्यक्रममा शिक्षा उप समिति संयोजक ज्ञानेश्वर सुवेदीले सहकारी सम्बन्धी गीत प्रस्तुत गरे भने प्रशिक्षक एवम् सहजकर्ता भक्त रसाइलीले सहकारी सम्बन्धी विषय एवम्  समसामयिक विषयसन्दर्भमा आफ्नो प्रस्तुति राखे ।उक्त कार्यक्रममा संस्थाका सचिव राम प्रसाद नेपालले स्वस्ती वाचन गरे भने संस्था प्रवर्द्धन तथा खोज विशेष उपसमितिकि सदस्य विनिता अर्यालले सहकारीका सात सिद्धान्तहरु वाचन गरिन् ।संस्थाका लेखा संयोजक चिन्तामणि शर्माले सहकारीसग सम्बन्धित कविता वाचन गरे। संस्थाका अध्यक्ष रविन्द्रराज बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा उप समितिका संयोजक ज्ञानेश्वर सुवेदीले स्वागत मन्तब्य राखे भने कार्यक्रमको संचालन सचिव राम प्रसाद नेपालले गरेका थिए।

show more

Share/Embed