महालक्ष्मी नगरपालिका वडा न.९ द्वारा जेष्ठ नागरिकहरूलाइ सम्मानः”सम्मान पाउँदा हर्षित जेष्ठ नागरिकहरू”
Imandar Khabar Imandar Khabar
2.11K subscribers
112 views
3

 Published On Dec 31, 2023

#imandarkhabar #rupakkulal #mahalaxminagarpalikalalitpur #mahalaxmi #mahalaxminagar #lubhulamatar #lalitpur
“सराेकारवाला सबैकाे एकै स्वर जेष्ठ नागरिक हाम्रा अभिभावक,प्रेणाकाे स्राेत, सम्मानीत व्यक्तित्वहरू भएकाले सधैं सम्मान गर्नुपर्छ”
रूपक कुलाल,लामाटार,ललितपुर
ललिपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर ९ द्वारा आयाेजित ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम सम्पन्न भएकाे छ। वडा भित्रका जेष्ठ नागरिकहरूलाइ विशेष कार्यक्रम गरेर सम्मान गरिएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि वाग्मति प्रदेशका उद्याेग मन्त्री रामकृष्ण चित्रकार,विशेष अतिथिहरू वाग्मति प्रदेश सांसद रामेश्वर श्रेष्ठ,नगर प्रमुख हरिगाेविन्द श्रेष्ठ,नगर उपप्रमुख लक्ष्मी महर्जन,अतिथिहरू अन्य कार्यपालिका सदस्य,वडा सदस्य,कर्मचारी,विशिष्ठ सामाजिक व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सभा अध्यक्ष साेहि वडा अध्यक्ष जयकृष्ण बाेगटीले गरेका थिए।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि वाग्मति प्रदेशका उद्याेग मन्त्री रामकृष्ण चित्रकारले जेष्ठ नागरिकका लागि हुने यस्ता कार्यक्रमले उहाँहरूमा थप हाैँसला प्रदान हुने बताउँनु भयाे। राज्यले बृद्दा भत्ता बढाएर अझ धेरै जेष्ठ नागरिककाे सम्मान गर्नुपर्ने र प्रदेश सरकार पनि लागि परेकाे भनाइ राख्दै पढाइकाे ज्ञान मात्रै नभएर जेष्ठ नागरिकबाट जिवन भाेगाइकाे सिप सबैले सिक्न जरूरी रहेकाे उहाँकाे भनाइ थियाे।
यस्तै विशेष अतिथिहरू वाग्मति प्रदेश सांसद रामेश्वर श्रेष्ठले सबै जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य र दिर्घायुकाे कामना सहित हामीले सधैँ जेष्ठ नागरिककाे सम्मान गर्नुपर्ने बताउँनु भयाे । जेष्ठ नागरिककाे निम्ति घरपरिवार मात्रै नभएर राज्य र राज्यका निकायले जिम्मेवारी बाेध गर्नुपर्ने उहाँले बताउँनु भयाे।
यस्तै नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले जेष्ठ नागरिककाे सम्मानमा नगरपालिका गम्भिर भएर लागेकाे बताउँनु भयाे। नगरपालिकाले बजेटमा नै समेटेर जेष्ठ नागरिककाे सम्मानका लागि नगरभित्रका सबै वडाहरूमा सम्मानका कार्यक्रम राखेकाे जानकारी दिनुभयाे। जेष्ठ नागरिकका लागि छुट्टै सार्वजनिक स्थानकाे व्यवस्था गरेर दिवा खाजाकाे पनि चाँडै नगरपालिकाले व्यवस्था गर्ने नगरप्रमुख श्रेष्ठले घाेषणा गर्नुभयाे। नगर उपप्रमुख लक्ष्मी महर्जनले पनि चाँडै जेष्ठ नागरिकलाइ दिवा खाजाकाे नगरले व्यवस्था गर्ने र सुख दुख साट्ने चाैंतारी निर्माण गर्न नगर लागि परेकाे बताउँनु भयाे।
कार्यक्रमका सभा अध्यक्ष तथा वडा नभ्वर ९ का अध्यक्ष जयकृष्ण बाेगटीले जेष्ठ नागरिककाे सम्मानमा सधैँ लागेकाे र अवका दिनमा पनि लागि पर्ने बताउँनु भयाे। जेष्ठ नागरिककाे स्वास्थ्य विशेष ध्यान दिएकाे जानकारी दिए।वृद्द भत्ता घरघरै बाढ्ने उदेश्य रहेपनि अव बैंक खाता मार्फत सहजरूपमा भुक्तानी हुने बताउँनु भयाे । वडामा सबैगरि २ सय ४० जनालाइ सम्मान गर्ने कार्यक्रम रहेकाेमा अाज १ सय ५० जना ७५ वर्ष भन्दा माथिका जेष्ठनागरिकलाइ सम्मान स्वरूप टेक्ने लठ्ठी,दाेसल्ला,नगद र माला खादाकाे सम्मान गरिएकाे र चाँडै अन्य जेष्ठ नागरिकलाइ घरघरमै गएर वडाले सम्मान गर्ने अध्यक्ष बाेगटीले जानकारी दिनुभयाे।

show more

Share/Embed