Aandhii - Sochchau K Mero Bare [Official Lyric Video]
Bartika Eam Rai Bartika Eam Rai
270K subscribers
210,036 views
0

 Published On Premiered Jan 19, 2024

'Sochchau K Mero Bare?' is the first single from Bartika Eam Rai's album- "Aandhii, Ityaadi."

Written, Composed and Sung by: Bartika Eam Rai
Engineered, Produced and Mastered By: Diwas Gurung
Lyric Video by: Kathaharu

01/19/2024. All Rights Reserved.
To join the release-season of Aandhii, Ityaadi; subscribe to this youtube channel!

For details and interactions with the artist, find Bartika on instagram:
https://www.instagram.com/bartikaeamr...

Find Diwas Gurung on instagram:
https://www.instagram.com/diwasg/?hl=en

Find Kathaharu on instagram:
https://www.instagram.com/kathaharu/?...

"सोच्छौ के मेरो बारे?"
(2023, लेखेको चाही न्यु योर्क मा)

( यो हल्ला/ भीड/ झिलिमिली; यो सबै सक्किन्छ नि? अनि? सबै सक्किसकेपछि एक्लै बस्दा--के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी? के मेरो बारे कैले सोच्छौ तिमी? )

नबोलेको धेरै भयो,
मनमा सम्झी नै रहे
तिमी एक्लै हुँदा कैले
"सोच्छौ के मेरो बारे?"
के दुख्छ तिम्रो मुटु?
झरीमा -- मबिना रुझ्दा
महसुस हुन्छ के एक्लोपना
चन्द्रमा नभा'को रातमा ?

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी
तैरने हो कसो गरि ?
हुन्छ भोलि के?
आज यहि हो
दुनिया त घुमी नै रहन्छ
आउने जुनी मा तिम्रो र मेरो
के संगै लेखेको नाउँ छ?

तिम्रो आवाज अहिले पनि ---
गुन्जीरहेछ यहि कहिँ
भन्छौ, "सय सालपछिसम्म हुनेछौं साथ हामी"
केही, कति, कसैगरि
मलाई महसुस गर्छौ तिमी
यति नै भरोसा राखी
बाँचीरहेछु म पनि

तिमी खाली, म खाली --- दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी, तैरने हो कसोगरि ?
सय साल पछि ? सय साल अघि ?
बाँचाहरु बेमतलब रहेछ
रित्तोलाई तैरन कमसेकम एउटा भरि चाहिन्छ

"कस्तो छौ?" सोध्न चाहे
बोली मेरा हराईगए
तिमी एक्लै हुँदा कैले,
"सोच्छौ के मेरो बारे?"

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु ---

( यो हल्ला/ भीड/ झिलिमिली; यो सबै सक्किन्छ नि? अनि? सबै सक्किसकेपछि एक्लै बस्दा--के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी? के मेरो बारे कैले सोच्छौ तिमी? )

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
तिमी खाली, म खाली

धेरै माया,
B
jan 2024.

show more

Share/Embed