लैङ्गिक हिंसा विरुद्धका कानूनी व्यवस्थाहरूको जानकारी । लैङ्गिक हिंसा भनेको के हो ? घरेलु हिंसा समेत
Awasar Awasar
15.3K subscribers
83,895 views
1.8K

 Published On Dec 8, 2021

लैङ्गिक हिंसा विरुद्धका कानूनी जानकारी
लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा समेत
लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू
घरेलुहिंसा भनेको के हो ? उजुरी कसरी गर्ने, सजाय कति हुन्छ ?
बालविवाह र वहुविवाह भनेको के हो? सजाय कति हुन्छ ?
कुटपिट, अंगभंग भनेको के हो ? सजाय कति हुन्छ ?
गर्भपतन, जबरजस्ती करणी र यौनजन्य दुर्व्यवहार भन्नाले के बुझिन्छ ?
मानव बेचबिखन र ओसारपसार, बोक्सीको आरोप पनि समावेश

लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।
स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा
कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । यो महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन् हो ।
यो विशेषगरी नेपाली समाजमा पितृसत्तात्मक संस्कार, मूल्यमान्यता र संरचनाको उपज हो । लामो समयदेखि समाजमा रहेका सामाजिक, राजनीतिक, आर्थिक पृष्ठभूमिले हरेक व्यक्ति, समूह र लिङ्गको मानव अधिकार उपभोग गर्ने क्षमतालाई प्रभावित पार्दछ ।
लैङ्गिक हिंसा मानव जीवन चक्रको हरेक तह र शृङ्खलामा हुन्छ । यस प्रकारको हिंसा समाजको बनावट, संस्कृति र सामाजिक विकासको पृष्ठभूमिले फरक फरक मात्रा वा स्वरूपमा देखा पर्दछ । लैङ्गिक हिंसाका स्वरूपहरू फरक फरक रहे तापनि समग्रमा यसले व्यक्तिको समानता र विकासलाई असर पुर्याउँदछ ।

जीवन चक्रमा हुने हिंसाका उदाहरणहरूः

लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू (धारा-१८)
लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू (धारा-३८)
घरेलुहिंसा भनेको के हो ? उजुरी कसरी गर्ने, सजाय कति हुन्छ ?
घरेलु हिंसा भन्नाले कुनै व्यक्तीले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ ।
उजुरी गर्ने निकाय
घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकैले प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सकिन्छ ।
पीडितले चाहेमा सिधै अदालतमा उजुरी दिन सक्ने व्यवस्था छ ।
हदम्याद
घरेलु हिंसाको कसूर भए गरेको मितिले नब्बे दिनभित्र उजुरी दिनुपर्दछ ।
क्षतिपूर्ति
... पीडित व्यक्तिलाई अदालतले पीडकबाट मनासिब क्षतिपूर्ति भराइदिन सक्नेछ ।

बालविवाह भनेको के हो? सजाय कति हुन्छ ?
वहुविवाह भनेको के हो? सजाय कति हुन्छ ?
कुटपिट, अंगभंग भनेको के हो ? सजाय कति हुन्छ ?
कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्याएमा वा कुनै रोग सारेमा वा कुनै कार्य गरी अशक्त बनाएमा निजले कुटपिट गरेको मानिनेछ ।
अंगभंग हुने गरी कुटपिट गरेमा प्रहरी कार्यालयमा उजुरी दिनुपर्छ ।
कसूर भएको मितिले एक बर्ष भित्र उजुरी गर्नुपर्दछ ।

कुटपिट गरी अंगभंग पारेमा सजाय कति हुन्छ ?
#लैङ्गिकहिंसा #बालविवाह #बहुविवाह

show more

Share/Embed